सवारी दुर्घटनामा ३ को मृत्यु
काठमााडौ. १ पुष । पृथ्वी राजमार्ग अन्तरगत धादिङको भुमेस्थान ६ मा आज बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुंग गाउँशहर–६ का २५ वर्षिया माधव धिताल, वेंसीशहर– १४ का ३१ वर्षीय विष्णुवहादुर रावत रहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परी मृत्यु हुने अन्दाजी ४५ वर्षीया एक महिलाको भने सनाखत हुन नसकेको वैरेनी प्रहरीले जनाएको छ ।
दक्षिण धादिङवाट कच्ची सडक हुँदै पृथ्वीराजमार्गमा ओर्लन लागेको ग २ च ४५७२ नम्बरको जीप राजमार्गबाट करिब २ सय फिट तल खसेको हो । दुर्घटनाको कारण खुल्न नसकेपनि बिहानै बाक्लो हुस्सुका कारण बाटो राम्रोसँग देख्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०