विश्व स्वंयम सेवक दिवस मनाइदै
काठमान्डौ मंसिर २० । आज डिसेम्बर ५ अर्थात विश्व स्वंयमसेवक दिवस हो । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले विश्व स्वंयमसेवक दिवस मनाउने गर्दछ । दिवसका अवसरमा स्वयंसेवामा कार्यरत संघ संस्था तथा व्यक्तिहरुले आज विभिन्न कार्यक्रम गर्दैछन् । स्वंयमसेवकलाई सहयोगको हात बढाऔं भन्ने नाराका साथ आज यो दिवश मनाइदैँ छ ।
सामाजिक प्रगति, प्रकृति संरक्षण लगायतका विभिन्न क्षेत्रमा निस्वार्थ रुपमा सेवामा लाग्न तथा समुदायमा गुणस्तरीय जीवन यापनको वातावरण निर्माणका लागि स्वयंसेवाको भावना वृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाउन लागिएको हो ।
नेपालमा रेडक्रस, यूथ फर ब्लड लगायत अन्य थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरुले स्वंयम सेवकको रुपमा काम गरिरहेको छ । आजको दिनमा विशेष गरेर स्काउट, रेडक्रस , स्वंमसेविकाहरु लगायत विभिन्न क्षेत्रमा स्वंमसेवकको सेवा दिने संस्था र व्यक्तिलाई सम्मान गरिन्छ ।
विश्व तथा राष्ट्रको विकासका लागि स्वंयम सेवकहरुको ठूलो भूमिका रहेको छ ।