भक्तजनहरुले भाइटिकाको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने

भक्तपुर न्यूज

११ कार्तिक २०७३ २:२७

भक्तजनहरुले भाइटिकाको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने

विगतका बर्ष जस्तै यस बर्ष पनि भक्तजनहरुले भाइटिकाको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने भएको छ् । भूकम्पमा भत्किएको रानीपोखरीको मन्दिर पूनर्निमार्ण नभएकोले भक्तजनले मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको हो ।महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण गरी तिहारसम्म रानीपोखरीको मन्दिरमा मूर्ति राखिसक्ने योजना बनाए पनि आपसी विवादले काम रोकिएको थियो । तिहारको भाइटीकाको दिनमात्र रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने गर्दछ । सो दिन दाजुभाइ अथवा दिदीबहिनी नहुनेहरुले रानीपोखरीको मन्दिरमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा पूजा गरी टीका लगाउने प्रचलन छ । हाल त्यहाँको मूर्ती राष्ट्रिय संग्राहलयमा राखिएको छ । काठमाडौं महानगरपालिका र पूरातत्व विभागवीचको विवादले गर्दा रानी पोखरी पूनर्निमाणमा ढिलाई भएको हो । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच रानीपोखरीको मन्दिर विभागले बनाउने सहमती भएको थियो । महानगरपालिकाले बाहिरको संरचना र पूरातत्व विभागले मन्दिर बनाउने सहमती भएको थियो । तर आपसी विवाद र समयमै काम पुरा हुन नसक्दा दाजुभाई तथा दिदिबहिनी नहुनेहरुलाई भने यस वर्षको भाईटिकामा भने समस्या देखिएको छ । काम रोकिएपछि पुरातत्व विभागले नयाँ सहमति गरेको छ । नयाँ सहमतीसँगै मन्दिर निर्माणको काम पुरातत्व विभागले गरेपनि आवश्यक लागत भने महागरपालिका र पुनर्निर्माण प्राधिकरणले बेहोर्ने सहमति भएको छ । रानीपोखरी भित्र जान नमिल्ने भएपछि प्रवेशद्धारमै मन्दिरको फोटो राखेर त्यहि स्थानमा पुजा र भाइटिका गरिने महानगरपालीकाको योजना छ ।
मल्ल कालमा निर्माण भएको रानीपोखरी हरेक वर्ष भाइटिकाको दिन मात्रै सर्वसाधारणका लागि खुल्ला गरिन्छ । २ हजार ७२ साल बैशाख १२ गतेको भुकम्पले गर्दा मन्दिरको अवस्था जरजर भएपछि पुर्ननिर्माणको कार्यमा ठिलाई भएको हो । रानीपोखरी निर्माणमा ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएता पनि हालसम्म निर्माणको कार्यमा एक करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *