लोकन्थलीमा दुर्घटनामा एकको मृत्यु
भक्तपुुर, २७ असोज । भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज विहान करिब १ः३० बजे बा २२ प ६०६९ नंको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँ–३५ काँडाघारी घर भई कपन बस्ने २५ वर्षीय युकेश श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।
भक्तपुरमा साथीको भान्जीको जन्मदिनको पार्टी मनाएर फर्कंदै गर्दा राति तीव्रगतिमा आएको मोटरसाइकल मनोहरा पुलको बारमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । मृतकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२६ माघ २०८१ १४:५८
दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
२८ माघ २०८१ १६:१०