६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता

0

काठमाडौं । सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालत मुद्दा दर्ता भएको छ । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन तयार पारेको थियो । यद्यपि जिल्ला सरकारी वकिलको कार्यालयले भने २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । प्रतिवादीमध्ये ३ जना अझै फरार छन् ।

प्रकाशित मितिः २०८० भदौ ३१ आइतबार

Comments

comments

Share.
Loading...

Comments