एसिया कपको उपाधि जित्न भारतलाई ५१ रनको लक्ष्य

0

काठमाडौं । एसिया कपको फाइनल खेलमा घरेलु टिम श्रीलंकाले खराब ब्याटिङ गरेको छ। भारतका तीव्र गतिका बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलंका जम्मा ५० रनमा अलआउट भएको हो ।

कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो । श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मितिः २०८० भदौ ३१ आइतबार

Comments

comments

Share.
Loading...

Comments