काठमाडौं । काठमाडौंमा प्रहरीले फरार रहेका अभियुक्तलाई समात्न गोली चलाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका इटहरीका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।
प्रहरीले समात्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । अहिले उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।
प्रकाशित मितिः २०७५ मंसिर २१ शुक्रबार
Comments