भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरी नेपाल सम्वत् ११३९ मनाइँदै छ ।
नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाको प्रतिमामा बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मध्यपुर थिमिको शंखधर चोकमा माल्यार्पण गरेका थिए ।
प्रत्येक वर्ष शंखधर चोकमा रहेको नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिँदै आएको छ । कार्यक्रममा विभिन्न पार्टीका व्यक्तित्वहरुको उपस्थिति रह्यो ।
कार्यक्रममा बाँसुरीको धुनबाट राष्ट्रिय गान बजाइएको थियो । त्यस्तै नेपाल सम्वत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको चिरशान्तिका लागि १ मिनेट मौन धारण गरिएको थियो ।
सोही अवसरमा मध्यपुर ठिमीको सिवा सायमि खलः ले लोप हुन लागेको नौबाजा प्रस्तुत गरेको थियो । साथै कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानद्वारा प्रकाशित शंखधर बुलेटिनको मन्त्री पण्डितले विमोचन गर्नुभएको थियो ।
नेपाल सम्बत्लाई सबै नेपालीहरुको ऋण मुक्त भएको दिनका रुपमा लिइन्छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २२ बिहिबार
Comments