काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बामदेव गौतमलाई चुनाव लडाउने विषय पछिल्लो समयमा राजनीतिक बृतमा निकै चर्चा परिचर्चाको बिषय बनेको छ । उनी चुनाव लड्ने हुन् वा होईनन् भन्ने शंका उपशंका देखिरहेको अवस्थामा नेकपा सचिवालय बैठकमा समेत उनलाई चुनाव लडाउने छलफल भएको समाचार बाहिर आएको छ ।
नेकपाका एक नेताले बामदेव चुनाव बारे यस्तो रहस्य खोलेका हुन् । उनले भने, ‘बामदेवलाई कुन स्थानबाट चुनाव लडाउने भनने बिषयमा सचिवालय बैठकमा ब्यापक छलफल भएको सुनेता पनि स्थायी समिति बैठकमा भने यस बिषयले प्रबेश पाएको छैन । गौतमलाई जसरी भए पनि चुनाबमा उठाउने तयारी तिब्र भएको समेत चर्चा चलिरहेको उनले बताए । उनलाई कुनै न कुनै जिल्ला बाट चुनावमा लडाउने चाँहि निश्चित भएको समेत उनले स्पष्ट पारे ।
बिगतका समयमा गौतमलाई रोल्पा,दैलख लगाएत अन्य जिल्ला बाट उठाउने तयारी भएको हल्ला बाहिर आएता पनि त्यसमा स्पष्टता नभएको नेकपाका एक अर्का नेताले भक्तपुरन्युजलाई जानकारी दिए । उनले भने पार्टी एकिकरणको सवालमा होस् वा अन्य राजनीतिक बिकासक्रमको पाटोमा खेलको भूमिका कम नभएको र गौतमको आवश्यकतालाई मध्य नजर गर्दैं उनलाई कुनै न कुनै स्थानबाट निर्वाचन लडाउने समेत जानकारी दिए । उनले भने बामदेब चुनाव लड्ने स्थान उनको बिजयको निश्चित भए जस्तै स्थान चयनको खोजीमा समेत लागेको उनले जानकारी दिए ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments