काठमाडौं । दश महिना असोजको आगमनसँगै दशैको चहलपहल पनि सुरु भएको छ । बडादशैंंमा टिकाको साहित हिन्दु धर्मवालम्बीहरुको लागि जिज्ञासाको बिषय बन्ने गर्दछ । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा परेको छ । यस वर्षको बडादशैंको टिका कात्तिक २ गते परेको छ ।
विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । दशैंको टीकाको दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ९ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यस्तै घटस्थापनाको शुभ साइत असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । फुलपाती भित्र्याउने साइत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ । कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज ६ शनिबार
Comments