काठमाडौं २ साउन । सरकारले सञ्चालनमा ल्याएको अस्पतालहरुको हालत निकै नाजुक रहेको तथ्यहरु बाहिर आईरहेका बेला अस्पतालमा प्रयोगमा आउने उपकरणको हालत पनि नाजुक रहेका छन् । उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना हुँदा समेत यीनको परिवर्तन तर्फ सरोकारवालाहरुको ध्यान जान सकेको देखिँदैन ।
यस्ता उपकरणको औसत आयु दुई देखि पाँच वर्षको हुने गरेको जानकारहरु बताउँछन् तर पनि नेपालका ठूला सरकारी अस्पतालमा भने तीन दशक भन्दा पनि बढि समय सम्म परिवर्तन गर्न सरोकारवालाहरुको ध्यान जान नसक्नु दुखको बिषय भएको उनीहरु बताउँछन। वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन् । दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा पुराना उपकरण प्रयोगमा भएको सिभिल अस्पताल प्रशासन जनाउँछ । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पनि पुराना उपकरण प्रयोगमा आइरहेका छन् ।
अस्पतालका मेन्टिनेन्स शाखाका अनुसार स्थापनादेखिका उपकरणबाटै बिरामीको स्वास्थ्य जाँच भइरहेको छ । पुराना मेसिनबाटै हामीले बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका जानकारी गराउँदै निश्चित आयुभन्दा बढी समय चलेका उपकरणको क्षमतामा कमी आउने भएकाले यस्ता मेसिनले बिरामीको स्वास्थ्य परीक्षण गर्दा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।
सबैभन्दा पुराना उपकरण टिचिङ अस्पतालमा रहेका छन् । यस्ता उपकरणलाई सबै अस्पतालले विस्थापन गरी अत्याधुनिक उपकरण जडान गर्नुपर्ने बिज्ञहरु बताउँछन् । टिचिङ अस्पतालमा २५ वर्षदेखि अटो क्लेभ मेसिन सञ्चालनमा रहेको छ । यसलाई वर्षौँवर्षसम्म सञ्चालनमा ल्याउनु उपयुक्त नभएको डाक्टहरु बताउँछन् ।
Comments