काठमाडौं ३० असार । अविरल बर्षाले जनजीवन प्रभाबित बनिरहेका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यून गर्न मौसम बिभागकाले काठमार्डौका खोला आसपासका नागरिकलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको समते जनाएको छ । काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा शुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा शुरु भएको बिभागले जनाएको छ । बिभागको पूर्व अनुमान अनुसार यो हप्ता बर्षा भईरहेको र आज पनि उपत्यका लगाएत देशका बिभिन्न भागमा बर्षा जारी रहने जनाएको छ ।
Comments