ट्रिपर आतंक रोक्न : छ लेन सडकमा राडर गनको प्रयोग

0

भक्तपुर ११ असार । पछिल्लो समयमा साँगा देखि छ लेन सडक कोटेश्वर खण्डसम्म अत्याधिक मात्रामा सडक दुर्घटना बढेको छ । भक्तपुरमा मात्र दुई महिनाको अन्तरमा छ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । अधिकाशं सडक दुर्घटनामा निर्माण सामाग्री बोकेका सवारी साधन ट्रिपर र ट्रककै कारण दुर्घटना भएको छ भने सो दुर्घटनामा तिब्र गतिमा सवारी जथाभावी चलाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

अधिकाशं दुर्घटनामा ट्रिपर र ट्रकले ठक्कर दिँदा दुई पाँग्रे सवारी चालकहरुले ज्यान गुमाएका छन् । यसरी छ लेन सडकमा दुर्घटना बढ्न थालेपछि साँगादेखि छ लेन सडकको सिमासम्म टाईम कार्ड लागू गरेको छ । जस अनुसार ट्रिपर र ट्रकलाई दिएको समय तालिका अनुसार नै आफ्नो दुरी तय गर्नु पर्ने छ । यसो गर्दा तिब्र गतिका कारण हुने दुर्घटनामा केहि हद सम्म न्यून हुने अपेक्षा गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ छ लेन सडकका बिभिन्न स्थानमा महानगरिय ट्राफिक प्रहरी परिसर भक्तपुर सल्लाघारीले गति नियन्त्रणका लागि राडर गन उपयोगमा ल्याएको छ । तिब्र गतिमा सवारी चलाउने गर्दा दुर्घटना बढेको भन्दै नियन्त्रणका लागि राडर गनको प्रयोग ल्याईएको ट्राफिक कार्यालय भक्तपुरका प्रमुख जगत नेपालीले जानकारी दिए । सवारी चालकमा सवारी सम्बन्धि ज्ञानको कमी र सडक सभ्यतालाई पालना गर्न नसक्दा छ लेन सडकमा दुर्घटना बढेको उनले बताए । उनले भने, हाल गति मापनका लागि राडर गनको उपयोग ल्याएको र हरेक दिन जसो झन्डै दर्जनौ सवारी तिब्र गतिकै कारण कारवाहीमा पर्ने गरेका छन् ।

उनले भने, धेरै जसो दुई पाँग्रे सवारी चालकहरुले गतिको मापदण्ड उल्लघंन गरि चलाउने गरेको कारवाहीको दौरानमा भेटिने गरेको छ । छ लेन सडकमा सवारी दुर्घटनाका लागि बिभिन्न खालका जनचेतनामूलक कार्यक्रममका साथै सवारी चालकहरुलाई बेला मौकामा सवारी ज्ञानसम्बन्धिका कक्षाहरु समेत सञ्चालन गरिरहेको उनले बताए ।

पछिल्लो समयमा मापसे गरेर सवारी चलाउने प्रबृतिमा कमि आएता पनि द्रुत गतिका कारण भने सवारी दुर्घटना बढ्कै कारण गति नियन्त्रणका लागि राडर गन उपयोगी सावित हुने देखिन्छ । बिगतमा समेत राडर गनको प्रयोग गरिएता पनि सो राडर गन बिग्रिएर थन्किएपछि राडर गन प्रयोगमा ल्याउन नसकिएको अवस्थामा नयाँ राडर गनको आगमनले गति नियन्त्रणमा सहयोगी भूमिका खेल्ने सल्लाघारी भक्तपुर ट्राफिक जनाएको छ ।

Comments

comments

Share.
Loading...

Comments