भक्तपुर, बैशाख ५ गते । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ ।
आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिले जनाएको छ । समितिका अनुसार सो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र मन्दिर खुल्ला गरिन्छ ।
पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यकालगायत देश विदेशबाट समेत भक्तजनहरु मन्दिरमा आउने गरेका छन् ।
मन्दिर परिसरमा आज जौको सातु र सर्वत लगायत फलफूल पनि भक्तजनहरुका लागि वितरण गरिएको थियो ।
आज डोलश्वर मन्दिर भक्तजनको लागि खुल्ला
0
Share.
Comments