भक्तपुर ४ बैशाख । कुनै समयमा नेपालीमाँझलोकप्रिय रहेको भादगाउँले टोपी आज भोलि विस्तारै लोप हुने अवस्थामा रहेको छ । नेपालीहरुले लगाउन छोडेपछि यो टोपी बनाउने कलिगढहरुले विस्तारै यो पेशाबाट विस्थापित हुन थालेकाले यो टोपी लोप हुन लागेको हो ।
भादगाउँले टोपी स्वदेशीको तुलनामा विदेशीले बढी खरिद गर्न थालेका एक व्यापारीले बताए । उनले भादगाउँले टोपीलाई व्यवसाय बनाएर जीवन धान्नेहरू पहिला धेरै भएतापनि पछिल्लो समयमा यो व्यवसायले राम्रो बजार नपाएपछि र यसका उपभोक्ताहरू घटेपछि यो पेशाबाट पलायन जस्तै बनेको बताए ।
नेपालमा भादगाउँले टोपीको प्रयोग कम हुने भएता पनि विदेशी पर्यटकले नेपालको चिनोे स्वरुप भाद्गाउँले टोपी खरिद गर्ने गरेका बताउँछन् दरबार क्षेत्र र टौमढी क्षेत्रमा टोपी व्यवसाय गर्ने एक व्यापारी । उनी भन्छन् ७० देखि ८० प्रतिशत टोपी विदेशीले खरिद गर्ने गरेका छन् । भक्तपुरको दत्तात्रय मन्दिर नजिकै टोपी व्यापार गर्दै आएका व्यापारी भन्छन् स्वदेशीको तुलनामा विदेशीले धेरै किन्ने गरेका छन् । हप्तामा चार पाँच वटा टोपी बिक्री हुने गर्छ त्यसमा पनि अधिकांश विदेशीले किन्ने गर्छन् उनले भने । नेपाल आएका पर्यटकहरूले सगरमाथाको देश नेपालबाट आफ्नो देशमा गएर नेपाललाई चिनाउन पर्यटकले भादगाउँले टोपीकिन्ने गरेको उनले बताए ।
बिगतका समयम नेपाल सरकाले राष्ट्रिय पोशाकमा यो टोपी अनिवार्य गरेता पनि राष्ट्रिय पोशाककै बिषयमा अलमल्ल भए पश्चात यो टोपीको मागमा समेत गिरावट आएको बिज्ञहरु बताउँछन् । बिगतमा भक्तपुरमा भादगाउँले टोपीको माग अत्याधिक रहेता पनि हाल आएर यसको उत्पादन लोपै भइसकेको बताउँछन् संस्कृतीविद्हरू । उनीहरू भन्छन्, नेपालीको शान र मानका रुपमा परिचित यो उत्पादनको प्रयोग विवाह, व्रतबन्ध, भोज भतेर लगायत शुभ कार्यका साथै निजामती सेवामाकार्यरत सबैको रोजाईमा थियो तर हाल यसको उपभोगमा कमी आएकाले र राज्यले हस्तकलाको उत्पादन अन्तर्गत यो टोपी उत्पादनलाई जीवन्तता दिन नसकेकाले भक्तपुरमा भादगाउँले टोपी पनि उत्पादन हुन्थ्यो र भन्ने अवस्थापुगेको छ ।
भादगाउँले टोपी शिरमा लगाउने हुँदा अन्य वस्तुको तुलनामा यसको महत्व बढी भएकोले पर्यटकहरूले मन पराएको बताउँछन् विदेशी टोपी खरिदकर्ताहरू । १३ वर्ष अघिदेखि टोपीव्यापार गर्दै आएको स्मरण गर्दै पाँचतले मन्दिर नजिकका एक व्यापारी भन्छन् अहिलेका युवा पुस्तालाई विदेशी सामानको प्रयोग गर्न पाए नयाँ वस्तु पाए जस्तो हुन्छ तर विदेशीलाई भने पुराना, कलात्मक र ऐतिहासिक नेपालको वस्तु संरक्षण गर्नका लागि पनि भादगाउँले टोपी बढी खरिद गर्ने गरेकाहुन् ।
भक्तपुर भ्रमणका लागि आएका जर्मन नागरिक भन्छन् भक्तपुर भ्रमण गरेको सम्झनाका लागि टोपी खरिद गरेको हुँ । यो टोपी मैले मेरा साथीहरूलाई उपहार दिन किनेको हुँ । नेपालबाट फिर्ता भए पछि मैले साथीहरूलाई नेपालको सम्झना र ख्यातीको यो टोपी उपहार दिएँ भने उनीहरू रमाउने सोचका साथ आफूले पाँचवटा टोपी खरिद गरेको बताए ।
नवदुर्गा मन्दिर नजिकै टोपी उत्पादन गर्दै आएका एक व्यवसायी भन्छन् यो पेशा आजको भने होइन पुर्खा देखिनै हामीले उत्पादन गर्दै आएका हौं तर पछिल्लो समयमा टोपीको बजार नहुनु र उत्पादन गर्दा लाग्ने समानहरूको सहज उपलब्ध नहुनेले समेत यो पेशामा लागेकाहरू सबै विकल्पको पेशा रोज्न बाध्य बनेका छन् । उनी भन्छन् टोपी कसरी बनाइन्छ भनेर कतिपय पर्यटक आफूले टोपी बनाएकै ठाउँमा आएर अवलोकन गर्दै फोटो खिच्ने गर्छन् तर नेपालीलाई भने स्वदेशको उत्पादनको कुनै वास्ता छैन भन्दै उनले गुनासो पोखे । उनले भने नेपालमा हस्तकलाका वस्तुहरूको उत्पादनमा सरकारले सहयोग गर्ने जानकारी भएता पनि भादगाउँले टोपी उत्पादनमा सरकारले देखाएको उदाशिनताले यो पेशालोप हुनेमा कुनै दुइ मत नभएको दुखेसो पोख्छन् । संस्कृतविद्हरू भन्छन् नयाँ पुस्ताले टोपीको महत्व नबुझे पनि कतिपय विदेशीले टोपीको महत्व बुझेर खरिद गर्छन् त कतिपयले महत्व नबुझेरै । हातैले उत्पादन गरिने भएकाले भादगाउँले टोपीमा नेपाली मौलिकताको परिचय हुने भएकाले अन्य उत्पादन भन्दा यसको महत्व विशेष रहेको उनीहरू बताउँछन् ।
यस्तै भक्तपुरलाई चिनाउने भादगाउँले टोपी, जुजु धौ, माटाका भाँडालगायत स्थानीयकला र सम्पदाहरूको पनि बेलैमा संरक्षण गर्न नसकिए भागदगाउँले टोपीको अवस्थामा नपुग्लान् भन्न सकिँदैन ।
Comments