काठमाडौं, ६ चैत । विमान चालक अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।
नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसस्कँदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ । पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा लैजान आवश्यक तयारी भइरहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
“विमान सञ्चालनका लागि हामीले पाइलको व्यवस्था गर्दैछौँ स्वदेशी तथा विदेशी पाटलट नियुक्ति गरेर चाँडै विमान सञ्चालनमा ल्याउछौ,”–उनले भने । पाइलट अभावले निगम चीनबाटै पाइलट ल्याउने तयारीमा रहेको भए पनि सेवा सुविधाबारे कुरा मिलिनसकेकाले अझै छलफल चलिरहेको छ ।
निगमसँग अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट एकजना मात्रै रहेकामा उहाँ पनि विरामी भएपछि एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् ।
यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् । झण्डै एक महिना अघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पाइलट अभाव रहेको निगमको भनाइ छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको थियो ।
अहिले निगमसँग चार वाई १२ सहित आन्तरिक उडानमा आठवटा जहाज छन् । निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।
Comments