राष्ट्रपतिको निर्वाचनमा १८ सांसद अनुपस्थित

0

काठमाडौं, २९ फागुन । आज भएको राष्ट्रपतिको निर्वाचनमा १८ जना सांसद अनुपस्थित रहेका छन् । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रियसभाका पाँचजना र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका हुन् ।
दुवै उम्मेद्वारलाई मतदान नगर्ने निर्णय गरेका कारण नयाँ शक्ति, विवेकशिल साझा र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारले मतदान गरेनन् ।
संघीय संसदका ३ सय २६ जनाले मतदान गरेका छन् । मतदानमा डाक्टर बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव, जितेन्द्र नारायण देव अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै प्रदेशसभाका पाँचसय ४९ सदस्य मध्ये पाँचसय ३६ जनाले राष्ट्रपतिको चुनावमा मतदान गरेका छन् भने १३ जना अनुपस्थित भएका छन् ।
अनुपस्थित हुनेमा प्रेमबहादुर तामाङ, प्रभात गिरी, धनमाया पोख्रेल, रमेश पौडेल, मनिशकुमार सुमन, कृष्णप्रसाद चौधरी, सुरेन्द्र गोसाईं, हरीशरण आचार्य, सृजना सैजु, हिमबहादुर शाही, डिन पन्त, शोभा शाक्य, विराजभक्त श्रेष्ठ रहेका छन् ।
राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ । आजै बेलुकीसम्ममा राष्ट्रपतिको मतगणनाको अन्तिम परिणाम आउने आयोगले जनाएको छ ।
वाम गठबन्धनका दलको समर्थन रहेकाले विद्यादेवी भण्डारी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुने निश्चित जस्तै छ ।

Comments

comments

Share.

Comments