भक्तपुर, १३ फागुन । भक्तपुर मालपोत पछिल्लो समय घुस लेन देनको अखडा बनेको सबैका अघि स्पष्ट छ । झन्डै दुइ तीन महिनामै मालपोतका केही कर्मचारी घुस लेनदेनको आरोपमा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान र कारवाहिको प्रक्रिया अघि बढाएको छ । यसरी भक्तपुर मालपोत घुसको अखडा बन्नु र अख्तियारको निरन्तर निगरानी र छापाको कारवाहीमा पर्ने क्रम बढेपछि यती बेला मालपोतमा कर्मचारीको अभाव खड्किएको छ ।
कर्मचारीको अभावसँगै सेवाग्राहीले समेत पाउनु पर्ने सेवा तत्कालै पाउन नसकेको कर्मचारीहरु बताउँछन् । त्यस्तै सेवा लिन आएका सेवाग्रहीको समेत यस्तै गुनासो रहेको छ । उनीहरु भन्छन्, सरकाले समते उपलब्ध गराउने कर्मचारी उपलब्ध नगराउँदा सेवाग्राहीले सेवाबाट बञ्चित हुनु परेको छ । यती बेला मालपोतमा प्रमुखदेखि तल्लो तहका तोकिएको कर्मचारीको दरबन्दी अनुसार नै कर्मचारी उपलब्ध नहुँदा सेवाग्राहीले तत्कालै सेवा पाउन नसकेको कामु प्रमुख मालपोत अधिकृत अरुणोदय मान रञ्जित बताउँछन् । उनी भन्छन्, दरबन्दी अनुसारको कर्मचारी कार्यालयमा उपलब्ध नहुँदा जति मात्रामा सेवाग्राहीले सेवा पाउनु पर्ने हो त्यसो पाउन सकिरहेका छैनन् । उनी गुनासो पोख्छन्, आफूभन्दा माथिका अधिकृत समेत नहँुदा उनीहरुको काम समेत आफूले गर्नु पर्ने भन्दै यस्तो अवस्थामा कसरी सोचे अनुसार काम गर्न सकिन्छ उनी प्रतिप्रश्न गर्छन् । दैनिक तीन सय भन्दा बढी सेवाग्राहीको काम कर्मचारीको अभावमा सम्पन्न गर्नु पर्ने अवस्थालाई नियाल्दै तत्कालै कर्मचारीको ब्यवस्थापन सरोकारवालाहरुले गर्नु पर्नेमा उनी जोड दिन्छन् । मालपोतकै एक कर्मचारी भन्छन्, घुस लिने र दिने अखडाको रुपमा परिचित मालपोत कार्यालयमा पछिल्लो समयमा अख्तियारको निगरानी पश्चात यस कार्यालयमा आउने कर्मचारीको बिगतमा भन्दा कम रुची रहेको देखिन्छ ।
भक्तपुर मालपोतमा कर्मचारी अभाव, सेवाग्राही सास्तीमा
0
Share.
Comments