भक्तपुर, ७ माघ । नेपालमा अझै १० हजार क्षयरोगका विरामी औषधी उपचारबाट पूर्ण रुपमा बञ्चित भइरहेका छन् । सरकारले क्षयरोगमा गर्दै आएको लगानी वालुवामा पानी झै भएको छ । यसले गर्दा नेपालमा क्षयरोगको जोखिम बढ्दै राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुरले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार नेपालमा क्षयरोगीहरुको संख्या करिब ४४ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । क्षयरोगीहरु चिकित्सकहरुको सम्र्पकमा नआउनुले नेपालीहरु क्षयरोगको उच्च जोखिममा रहेको चिकित्सकहरु नै बताउँछन् ।
तर, यस्ता विरामीलाई स्वास्थ्य संस्थासम्म ल्याउन वातावरण निर्माणका लागी सरकार र सो केन्द्रले समेत प्रभावकारी रुपमा सचेतना अभिबृद्धिको काम गर्न सकेको छैन् । केन्द्रले क्षयरोगीका नाममा आएको पैसामा समेत ठूला र महागा होटल लजमा कार्यशाला गरि आफनो नजिक सम्बन्धका केही व्यक्तिहरुलाई रक्सी र मदिरामा व्यस्त बनाएर आफना पक्षमा गतिला कुरा बाहिर ल्याईदिन खर्च गर्दै आईरहेको केन्द्र निकट स्रोत नै बताउँछ ।
नेपालमा करिब ३५ हजारको हाराहारीमा क्षयरोगीहरु रहेकोमा प्रत्येक दिन एक सय २० को हाराहारीमा नयाँ रोगीहरु देखा पर्ने गरेका छन् । त्यस्तै, क्षयरोगकै कारण नेपालमा वर्षेनी ५ देखि ७ हजारको हाराहारीमा बिरामीको मृत्यु हुने गरेको छ । केन्द्रसँगै नेपालमा क्षयरोगीको एकिन तथ्यांक समेत नभएको केन्द्रका निर्देशक केदार नसिंह केसीले जानकारी दिए ।
राष्ट्रिय क्षयरोग केन्द्रसँगै छैन एकिन तथ्यांक
0
Share.
Comments