भक्तपुर, ४ माघ । निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकबाट सांसद भएकाहरुको नाम आज सार्वजनिक गरेको छ । संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा बिजयी भएका समानुपातिक सांसदहरुलाई भोलि दिउँसो १ बजे आयोगमा प्रमाणपत्र दिने ब्यबस्था मिलाईएको आयोगले जानकारी दिएको छ ।
प्रत्यक्षतर्फ निर्वाचित उम्मेदवारहरुले यस अघि नै सम्बन्धित जिल्लाकै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाण पत्र पाईसकेक छन् । समानुपातिकतर्फका उम्मेदवारलाई भने आयोगले राजधानी मै बोलाएर प्रमाणपत्र वितरण गर्न लागेको हो ।
हेर्नुहोस् सुची :
Comments