भक्तपुर, १० मंसिर । प्रतिनिधि तथा प्रदेश सभाको निवाृचन नजिकिदैं गर्दा भक्तपुरमा दुई प्रदेशका उम्मेदवारका घर नजिकै बम विष्फोट गरिएको छ । चाँगुनारायण प्रदेशका कांग्रेस उम्मेदवार एवं नेपाली कांग्रेस क्षेत्रीय सभापति जीवन खत्री र निर्वाचन क्षेत्र नं २ प्रदेश नं ख का नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार गणेश चक्रधरको घरबाट झण्डै तीनसय मिटर पर खेतमा प्रेसर कुकर बम बिस्फोट गरिएको छ । उक्त बिष्फोट कसले ग¥यो भनन्ेअ हिलेपनि पुष्टि भइनसकेको भक्तपर प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका साढे ६ बजे चाँगुनारायण नगरपालिका–७ बागेश्वरी हेल्थ पोष्ट नजिकै खत्रीको घर नजिक राति ७ बजे मध्यपुरथिमि नगरपालिका बोडेमा पनि प्रेसर कुकर बम बिस्फोट भएको हो । एउटा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले बम फालेर भागे लगत्तै बिस्फोट भएको स्थानीय प्रतक्ष्यदर्शीले बताएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विष्फोटबाट मानवीय तथा भौतिक क्षति भएको छैन । विष्फोट भएको स्थानमा प्रेसर कुकरका टुक्राहरु फेला परेको प्रहरीको भनाइ छ ।
Comments