काठमाडौ, ३१असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको आठौ महाधिवेशबाट भवन भट्ट भारी मतले अध्यक्षमा विजयी भएका छन् । भट्टले अध्यक्षका अर्का प्रत्यासी जमुना घले गुरुङलाई ६१३ मतले हराउँदै विजयी भएका हुन् । भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन्, भने गुरुङले ५ सय ८४ मत प्राप्त गरेकी थिइन ।
शनिबार देखि काठमाडौमा सुरु भएको सम्मेलनमार्फत कुमारप्रसाद पन्त र कुल आचार्य उपाध्यक्षमा विजयी भएका छन् । त्यस्तै महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएकी छिन् । महासचिवमा डा बद्रि केसी निर्वाचित भएका छन् ।
सचिवका लागि भएको निर्वाचनमा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा हिक्मतबहादुर थापा बिजयी भएका छन् भने सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएका छन् । सन् २००३ मा स्थापना भएको एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।
Comments