एजेन्सी, १६ मंसिर । संयुक्त राष्ट्रसंघले सिरियाको ऐतिहासिक शहर एलेप्पो चिहान बन्ने खतरा रहेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।
सरकारी सुरक्षाकर्मीले एलेप्पोमा नियन्त्रण कायम गरेर बसेका इस्लामिक स्टेट सहितका बिद्रोही विरुद्ध कारवाही अभियान तीब्र पारेसँगै त्यहा ठुलो संख्यामा सर्वसाधारण मारिएको भन्दै राष्ट्रसंघले चिन्ता ब्यक्त गरेको हो ।
संयुक्त राष्ट्रसंघका दूत स्टिफन ओब्रायनले पछिल्लो अवस्थाले एलेप्पो एक ठूलो चिहानको रुपमा परिणत हुने खतरा बढेको बताएका हुन । उनले मानवीयतका लागि एलेप्पोका सर्वसाधारण नागरिकको सुरक्षा गर्न राष्ट्रसंघीय सुरक्षा परिषदसँग माग समेत गरेका छने ।
एलेप्पोमा मानवीय संकटको अवस्था रहेको र सुरक्षा परिषदले तत्काल यस विषयमा छलफल गर्नु पर्ने उनको भनाइ छ । सरकारी सुरक्षाकमीले बिद्रोही नियन्त्रित क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । आइएस विरुद्ध लडिरहेको विपक्षी र सरकारी सेनाले अहिलेसम्म एलेप्पोको दुई तिहाई भागमा नियन्त्रण कायम गरेका दावि गरेका छन् ।
सिरियाको एलेप्पो शहर चिहान बन्ने खतरा
0
Share.
Comments