काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पदबाट राजीनामा दिने तयारी गरिरहेको बेला बालुवाटारमा प्रचण्ड– कांग्रेस सभापति शेरबहादुर देउवाबीच विशेष छलफल भएको छ । छलफल प्रधानमनन्त्रीले संसदलाई गर्ने सम्बोधन, मधेसी मोर्चाको माग, आगामी जेठ २१ गते हुने चुनाव र नयाँ सरकार गठनलगायतका विषयमा केन्द्रीत रहेको बालुवाटार स्रोतले जनाएको छ ।
गत साउनमा प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा कांग्रेस माओवादीबीच भएको सहमतिअनुसार अब देउवा नेतृत्वमा सरकार गठन हुँदैछ । सोहि सहमति कार्यान्वयन गर्न प्रचण्डले आज राजीनामा दिन लागेको सो अघि दुई नेताबीच विशेष छलफल भएको हो ।
राजीनामा दिनुअघि प्रचण्डले दिउँसो १ बजे संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तयभ एपनि संसद उक्त समय तालिका सरेको छ । स्रोतका अनुसार प्रचण्डले ३ बजे सम्बोधन गर्ने छन् ।
Comments