एजेन्सी, ९ जेठ । बेलायतको म्यानचेष्टर शहरमा बिस्फोटक आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ । ५० जना भन्दा धेरै घाइते भएका छन् । आक्रमणमा कम्तिमा ५० जना मानिस गम्भीर घाइते भएका अनुमान छ । पुलिसले यसलाई चरमपन्थी हमला भनेको छ ।
प्रत्यक्षदर्शीका अनुसार म्यानचेस्टर एरेनामा चलिरहेको गायिका एरियाना ग्र्यान्डेको कन्सर्टपछि विस्फोटको कडा आवाज सुनिएको थियो । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ ।
विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि भएको छैन । प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाइरहेको जनाएको छ । आतंकवादी आक्रमण भएको प्रहरीको आशंका छ ।
बेलायतको म्यानचेस्टरमा बम आक्रमण हुँदा १९ को मृत्यु
0
Share.
Comments