एजेन्सी, २० बैशाख । चर्चित बलिउड अभिनेता अभिषेक बच्चनले सरकारी जागिरका लागि आवेदन दिएका छन्। उनले कर्मचारी चयन आयोग एसएसीमा आवदेन दिएको खबरले भारतिय मिडियामा छाएको छ ।
जुन कुरा एसएससीले जारी गरेको अभिषेकको प्रवेश पत्रबाट खुलासा भएको हो । तर यो अभिषेक स्वयमले भरेको नभर्इ कसैले मज्जाकका रुपमा भरिदिएको बताइएको छ भारतिय मिडियाले ।
आवेदन पछि कर्मचारीले पनि फोटोमा खास ध्यान नदिइकन स्वीकृति पत्र जारी गरेका थिए र अभिषेकको परिक्षा केन्द्र पनि तोकिएको थियो ।
जहाँ अभिषेकको नाम र फोटोका साथमा जन्म मिति सन् १९९५ जनवरी १ तारिख उल्लेख गरिएको छ साथै अभिषेककै नामबाट हस्ताक्षर पनि गरिएको बताइएको छ । यति ठूलो गल्ती भएपनि हालसम्म अभिषेक र सम्बन्धीत कार्यालय कसैले पनि यसबारे प्रतिक्रिया दिएका छैनन् ।अभिषेक यतिबेला फिल्ममा काम नपाएपछि खाली नै बसेका छन् ।
अभिषेक बच्चनको नाममा सरकारी जागिरको आवेदन
0
Share.
Comments