भक्तपुर, १० बैशाख । सिपाडोलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सूर्यबिनायक नगरपालिकाको आर्थिक सहयोगमा विष्णुनारायण महिला सामुदायिक संस्थाको आयोजना शिविर सम्पन्न भएको हो । शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा र नर्भिक अस्पताल काठमाडौंका हाडजोर्नी, नशा तथा पाईल्स रोगसँग सम्बन्धित विशेषज्ञ तथा चिकित्सकहरुबाट बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
सिपाडोल स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरबाट ३०० स्थानीयबासिन्दाले सेवा लिएका छन् । शिविरमा बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।
सिपाडोलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
0
Share.
Comments