भक्तपुर, १० वैशाख । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शाखाको अध्यक्षमा पुष्करराज बुढाथोकी निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा रोशन शिल्पकार, महिला उपाध्यक्षमा कविता थापा, सचिवमा कृष्ण नेपाल, सहसचिवमा किरण बुढाथोकी, समावेशी सहसचिवमा सुन्दर शिल्पकार, कोषाध्यक्षमा मोहन बल्ल निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरु विनोद कोजु, सुमन श्रेष्ठ, हरिशरण बास्तोला, विदुर नेपाल, जयराम बास्तोला, हेमराज ढकाल, लीला श्रेष्ठ, रामगोपाल तमखु, र रोजी बिसुंखे निर्वाचित भएका छन् ।
प्रदेश पार्षद्मा कमल न्यौपाने, भेषबहादुर कार्की, ध्रुर्वराम थापा, सागर गुरागाईं, शेखर ढुंगाना, प्रतिमा सैँजू, प्रवीण लाखे, राममणि बराल, रोशनराज अर्याल, जितेन्द्र श्रेष्ठ, रामचन्द्र प्रजापति, सविना केसी, नारायण थापा, गोपीकृष्ण ढुङ्गाना, चूडामणि पौडेल, हरिबहादुर श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, काशिराम विरस र पूर्णभक्त दुवाल रहेका छन् ।
यसैगरी, केन्द्रीय पार्षद्हरुमा अमर भूजू, सुशीलबन्धु थापा, दिलीप थापामगर, पेशल आचार्य, अमृत न्यौपाने, नारायणसुन्दर किलम्बु, जीवन ढुङ्गाना, विकल श्रेष्ठ, अञ्जना शिल्पकार, रमेश खड्का, रत्नकृष्ण श्रेष्ठ, अभय श्रेष्ठ, रमेश गिरी, सोम शर्मा बजगाईं र बिकल श्रेष्ठ रहेका छन् ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी
0
Share.
Comments