झापा, ७ बैशाख । दमक नगरपालिका–७ स्थित भेषराज घिमिरेको घरमा आज बिहान आगलागी हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहान करिब १ः२० बजे विद्युत् सट भई आगलागी हुँदा घिमिरेको टिनको छाना भएको एकतले घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट आठ लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा विहान करिब २ः२५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट आठ लाखको क्षति
0
Share.
Comments