काठमाडौं, ५ बैशाख । चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राईको अभिनय रहेको नेपाली फिल्म रातो घरको दोश्रो ट्रेलर रिलीज भएको छ ।
सुरज सुब्बा नाल्बो निर्देशित रातो घर जेठ १९ मा रिलीज हुँदैछ । फिल्मको अघिल्लो बर्ष नै रिलीजको चर्चा थियो तर रिलीज भएन । यसै प्रसंगमा चलचित्रका निर्देशक नाल्बोले पहिले विदेशमा रिलीज गर्नको लागि नेपालमा रिलीज ढिलो गरिएको बताए । नाल्बोले लगानी सुरक्षित गर्नको लागि पहिले विदेश प्रदर्शन गर्नुपरेको खुलाए ।
मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको रातो घरका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको रातो घरमा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।
ुरातो घरमा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, बिकेश श्रेष्ठ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । चलचित्रले कालो काम गर्नेको सेतो कथा भन्ने नारा बोकेको छ ।
रातो घरको दोश्रो ट्रेलर रिलीज
0
Share.
Comments