एजेन्सी, ५ बैशाख । इंगलिस क्लब चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्तिममा क्लब छोड्ने भएका छन् ।
टेरीले चेल्सीलाई चार वटा प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, पाँचवटा एफ ए कप, एउटा युरोपा लिग र तिनवटा लिग कप्सको उपाधी दिलाइसकेका छन् ।
क्लबका लागि ७ सय १३ खेल खेलेका टेरीले ६६ गोल गरेका छन् । चेल्सीले उनको कप्तानीमा ५ सय ७८ खेल खेलेको छ । क्लब छोड्न लागेका ३६ बर्षिय टेरीले भने मलाई अझै पनि मैदानमा धेरै अवसर छन् तर चेल्सीमा त्यो अवसर सिमित बन्दै गएको छ । आफ्नो अधिकांश खेल जीवन चेल्सीमै बिताएका टेरी १४ बर्षको उमेरमा नै क्लबमा आबद्ध भएका थिए ।
उनी १७ बर्षको हुँदा लिग कपकोखेलबाट चेल्सीबाट डेब्यु गरेका थिए । उनी सन् २००० मा लोनमा नोनिङ्हम फरेस्टबाट खेलेका थिए । टेरीले यो सिजनको प्रिमियर लिगका चार खेल मात्र खेलेका छन् ।
चेल्सीका कप्तान जोन टेरीले क्लब छोड्दै
0
Share.
Comments