काठमाडौं, २७ चैत । अमेरिकी डलरको मूल्य बीस महिनायताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर मूल्य १ सय ३ रुपैयाँ १ पैसा कायम भएको छ । त्यस्तै, खरिद मूल्य १ सय २ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
यसअघि २०१५ को अगष्ट महिनामा डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँको हाराहारीमा कारोबार भएको थियो । सो वर्षकै सेप्टेम्बर महिनादेखि डलरको मूल्य १ सय ३ रुपैयाँ ५० पैसाभन्दा माथि रहँदै आएको थियो ।
डलरको मूल्य घट्यो
0
Share.
Comments