काठमाडौं, ९ चैत । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिन चाहनेहरुले परामर्श थालेका छन् ।
यदि तपाईं पनि उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ भने आवश्यक योग्यताका बारेमा जानकार हुनुपर्नेछ । उम्मेदवार हुनका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ । साथै तपाईंको उमेर २१ बर्ष पूरा भएको हुनुपर्नेछ । साथै मतदाता नामावलीमा नाम हुनुपर्नेछ । यसका साथै सबैभन्दा महत्वपूर्ण तपाईंको मतदाता नामावली जुन स्थानीय तहमा छ, त्यहाँ मात्र चुनाव लड्न पाउनुहुन्छ ।
उम्मेदवारमा हुनुपर्ने योग्यता
यदि तपाईको नामावली काठमाडौंमा छ । तर, गृहजिल्लाको स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने पाउनुहुन्न । खासगरी विभिन्न पेशा व्यवसायका कारण काठमाडौं तथा शहरी क्षेत्रमा बस्दै आएकाहरुले संविधानसभा चुनाव २०७० मा आफैं बस्दै आएको क्षेत्रमा नै मतदाता नामावलीमा नाम राखेका छन् ।
निर्वाचन आयोगले मतदाता नामावलीको नाम स्थानान्तरणका लागि समय दिएको थियो । तर, त्यसबेला न त निर्वाचनको कुनै माहौल बनेको थियो न चुनाव हुन्छ भन्ने संकेत नै थियो । त्यसकारण धेरैले यो सुविधाको जानकारी नै पाएनन् ।
अब मतदाता नामावली स्थानान्तरणको समय सकिसकेको निर्वाचन आयोगले जनाएको छ । साथै उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको हुनुपर्नेछ ।
स्थानीय चुनाव लड्ने तयारीमा हुनुहुन्छ ? यस्तो छ न्यूनतम योग्यता
0
Share.
Comments