एजेन्सी, ९ चैत । क्यानडामा सय भन्दा बढी यात्रु सवार स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चलाई ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय सुनाइएको छ । उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएको हो ।
उनले रक्सी सेवन गरेको फेला परेपछि अरु नै पाइलटले विमान मेक्सिकोका लागि उडाएका थिए । अदालतमा ग्रोइचले घटनाबाट आफुमा निकै लज्जाबोध भएको भन्दै परिवारले पनि आफ्नो गल्तीका लागि सजाय दिने बताएका छन् ।
३७ वर्षिय ग्रोइन्चलाई कम्तिमा एक वर्षको जेल सजाय हुन सक्ने अधिकारीहरुले जनाएका छन् ।
रक्सी सेवन गरेको अभियोगमा विमान चालकलाई सजाय
0
Share.
Comments