भक्तपुर, ९ चैत । पछिल्लो समय भक्तपुरमा जुवाको खाल जम्न थाले पछि प्रहरीले निगरानी बढाएको छ । भक्तपुरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ८ जुवाडेलाई नगद सहित नियन्त्रण लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु ६७ हजार २ सय ४० र १० थान तास बुकसहित उनीहरुलाई नियन्त्रणमा लिएर कारवाहि प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
मध्यपुर थिमि नगरपालिका बोडेस्थित न्यु युनिक रेष्टुरेष्टमा जुवा खेलीरहेको बिशेष सुराकिका आधारमा छापा मारि प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रबक्ता एवं डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । उनले जुवा तास खेलाउने रेष्टुरेष्टका सञ्चालक मध्यपुर थिमि–२ का वर्ष ४३ का प्रेमकृष्ण श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र दोषिलाई कारवाहि गरिने जानकारी दिए ।
भक्तपुरमा ६७ हजार नगदसहित ८ जुवाडे पक्राउ
0
Share.
Comments