काठमाडौ ८ चैत । संसदीय सुनवाई विषेश समितिले समितिले आज विभिन्न मुलुकका लागि सिफारिस गरिएका थप पाँच जना राजतदुतको सुनुवाई गर्दैछ । हिजो अस्ट्रेलियाका लागि सिफारिस भएका राजदुत लक्की शेर्पामाथि सोधपुछ गरेको समितिले आज थप ५ जनाको सुनुवाई गर्न लागेको हो ।
भोलिसम्ममा १२ जनाकै सुनुवाई सकाउने गरी सुनवाई भइरहेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिए ।
सरकारले अस्ट्रेलियाका लागि शेर्पासहित जापानमा प्रतिभा राणा, इजराइलमा निरन्जनकुमार थापा, डेनमार्कमा युवराज लम्साल र श्रीलंकामा विश्वम्बर प्याकुरेलको नाम प्रस्ताव गरेको छ । यस्तै, ओमनका लागि शर्मिला पराजुली ढकाल, कतारमा रमेश प्रसाद कोइराला, बहराइनमा पदम सुन्दास, कोरियामा अर्जुनजंग बहादुर सिंह, बंगलादेशमा चोकलाल भूषाल, म्यानमारमा भिमकृष्णा उदास र साउदी अरेवियामा महेन्द्र प्रसाद सिंह सिफारिस भएका छन् ।
भोलिसम्ममा सबै प्रस्तावित राजदुतको सुनुवाई सकाएर निर्णय सुनाउने समितिको तयारी रहेको समिति सदस्य ढकालले बताए ।
थप पाँच सिफारिस राजदुतको सुनुवाई आज
0
Share.
Comments