काठमाडौं, ८ चैत । अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर मूल्य १ सय ४ रुपैयाँ ९४ पैसा कायम भएको छ । त्यस्तै, खरिदर मूल्य १ सय ४ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
यसअघि हिजो डलरको बिक्रीदर मूल्य १ सय ५ रुपैयाँ ४ पैसा तथा खरिददर मूल्य १ सय ४ रुपैयाँ ४४ पैसा थियो ।
गत पुस १६ गते १ सय ९ रुपैयाँ २६ पैसासम्म पुगेको डलर अमेरिकी फेडले व्याजदर बढाएपछि थप सस्तो भएको हो । आजको डलरको मूल्य एक वर्षयताकै न्यून हो ।
अमेरिकी डलरको मूल्य घट्यो
0
Share.
Comments