काठमाडौं, ७ चैत । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलले ग्राहकहरुलाई दिँदै आएको ट्वीटर र विकिपिडिया निःशुल्क सेवा बन्द गर्ने भएको छ।
कम्पनीले आगामी चैत १२ गतेदेखि उक्त सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ। एनसेलले सन् २०१४ मेदेखि माइक्रो ब्लगिङ साइट ट्वीटर निःशुल्क ब्राउजिङको व्यवस्था गरेको थियो।
एनसेलको सिमकार्डबाट विकिपिडिया चलाउन पनि शुल्क लाग्दैन तर चैत १२ गतेदेखि यी सेवा लिन नियमित शुल्क तिर्नुपर्ने छ।
चैत १२ बाट एनसेलको निःशुल्क टि्वटर र विकिपिडिया सेवा बन्द
0
Share.
Comments