एजेन्सी, ३ चैत । सन् २०१७ को सर्वाधिक प्रतिक्षित बनेको दक्षिण भारतीय चलचित्र ‘बाहुबली २’ अर्थात ‘बाहुबली द कन्क्लुजन’को ट्रेलर रिलिज भएको छ ।
एस एस राजमौलीको निर्देशनमा तयार भएको फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ । ‘बाहुबली’ फिल्मका मूख्य चरित्र अमेरेन्द्र बाहुबलीलाई कटप्पाले हत्या गरेको विषय ट्रेलरमा पनि सस्पेन्समा राखिएको छ । फिल्म ’कटप्पाले बाहुबलीलाई किन र्मायोरु’ भन्ने प्रश्नका कारण पनि दर्शकका लागि प्रतिक्षित बनेको छ । ट्रेलरमा पनि युद्धलाई बढी फिचर गरिएको छ ।
ट्रेलरमा बाहुबली र भल्लाल देवको टक्कर पनि देखाइएको छ । फिल्ममा प्रभास, राना दग्गयबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया आदिको मुख्य भूमिका रहेको छ ।
बाहुबली–२ को ट्रेलर रिलिज (भिडियोसहित)
0
Share.
Comments