काठमाडौं, १ चैत । दी निखिल उप्रेती प्रोडक्शनको तर्फबाट निर्माण भएको चलचित्र रुद्रको अफिसियल रिलिज मिति तय भएको छ । निर्माता समेत रहेका अभिनेता निखिल उप्रेतीसँगै निर्देशक रामजी लामिछानेले अर्को बर्षको साउन २० मा चलचित्र रिलिजको मिति घोषणा गरेका छन् ।
चलचित्रमा एक्सन स्टारको रुपमा चिनिएका निखिल पहिलो पटक यो चलचित्रमा खलपात्रको रुपमा देखिएका छन् । चलचित्रमा निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन् । सौरभ लामा छायांकन गरेको चलचित्र गोपालकाजी कायस्थले वितरण जिम्मा लिएको चलचित्र रुद्रको वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् ।
चलचित्र रुद्रको रिलिज मिति घोषणा
0
Share.
Comments