काठमाडौं ११ फागुन । सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्यविनायक सार्ने तयारी भइरहँदा सरकारले तनहुँको भानु(घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले यसबारे औपचारिक निर्णय गरिसकेको छ । तनहुँको छिर्केनीभञ्ज्याङ क्षेत्रमा प्राणी उद्यान निर्माणको प्रक्रिया अघि बढाइएको वन तथा भूसंरक्षण मन्त्रालयले जानकारी दिएको छ ।
Comments