काठमाडौं। दूध पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । बच्चा तथा वृद्ध उमेरका मानिसले मात्र नभएर युवाहरूले पनि स्वस्थ रहनका लागि नियमित रूपमा दुध पिउने गरेको पाइन्छ । दुध प्रोटिन, क्याल्सियम र भिटामिनले समृद्ध हुन्छ । दुधको सेवनले शारीरिक विकास गर्न, दाँत तथा हड्डी बलियो बनाउन, मुटुलाई स्वास्थ्य राख्न, रक्तचापलाई नियन्त्रण राख्न मद्दत गर्छ ।
तर, यसको फाइदा सीमित मात्रामा खाँदा मात्र हुन्छ । दुधको अत्यधिक सेवन हानिकारक हुन सक्छ । दुध पिउँदा एसिड उत्पन्न हुन्छ, जसको अधिक मात्राले शरीरको आन्तरिक प्रणालीहरूलाई बिगार्न सक्छ । अत्यधिक मात्रामा दुध सेवन गर्दा पाचन प्रक्रियामा समस्या निम्तिन सक्छ । धेरै दुधको सेवन गर्दा झाडापखाला हुने, कब्जियत हुने, पेट फुल्ने तथा ग्यास्ट्रिक आदि समस्या हुन्छ ।
अत्यधिक दुधको सेवनले घ्यारघ्यार हुने, सास फेर्न गाह्रो हुने तथा दिसामा रगत आउनेसमेत हुनसक्छ । दुधको अत्यधिक सेवनले पिम्पल्स वा छालामा समस्या वा एलर्जीको प्रतिक्रिया निम्त्याउन सक्छ । दुधको सेवनले हड्डीलाई मजबुत बनाउने भए पनि दिनमा तीन वा सोभन्दा बढी गिलास दुधको सेवनले महिलामा हड्डी भाँचिन सक्ने खतरा बढ्न सक्छ ।
धेरै दुध पिउँदा मन शान्त नहुने, थकान र सुस्ती जस्ता समस्याहरू पनि आउन सक्छन् । दुध वा अन्य खानाबाट प्राप्त भएको अधिक क्याल्सियमले प्रोस्टेट क्यान्सरको समेत जोखिम बढाउन सक्छ । दुधमा हुने चिनीका कारण अण्डासय क्यान्सर हुने उच्च जोखिम हुन्छ ।
Comments