काठमाडौँ । आफ्नो दैनिक खानामा घ्यु राखेर सेवन गर्दा तौल बढ्छ भन्नु भ्रम हो । वास्तवमा, चिल्लो भएपनि स्वादिष्ट घ्युका धेरै स्वास्थ्य फाइदा छन् । धेरै पोषण विशेषज्ञका अनुसार घ्युले पाचनमा मद्दत गर्छ ।
यसले पेटको अम्ललाई सुरक्षित राखी खाना पचाउन सहयोग गर्नुका साथै अन्य फ्याट तेलको जस्तो सुस्त बनाउने गर्दैन । घ्यु भिटामिन एले भरिपूर्ण हुन्छ । त्यसैले भिटामीन एको कमी भएकाले घ्युको सेवन गर्नु फाइदाजनक हुन सक्छ ।
कोलेस्ट्रोललाई राम्रो र नराम्रो गरी दुई भागमा वर्गीकृत गरिएको हुन्छ । घ्यु राम्रो कोलेस्ट्रोल हो जसले शरीरको लागि उपचार एजेन्टको रूपमा काम गर्छ ।
धेरै डाक्टरले महिलाले दैनिक खाने खानामा घ्यु थप्ने सल्लाह दिन्छन्, विशेषगरी गर्भवती महिलामा बढ्दो भ्रुणको लागि घ्युको सेवन राम्रो मानिन्छ ।
घ्युमा धेरै आयुर्वेदिक तत्व हुन्छ जसले अनुहारमा चमक ल्याउन मद्दत गर्छ । तौल घटाउन कोशिस गरिरहेकाको लागि घ्युको सेवन उपयोगी हुन सक्छ ।
तर, मध्यम मात्रामा मात्र घ्युको सेवन गर्नुपर्छ । घ्यु एन्टी-वायरल गुणले बरिएको एन्टिअक्सिडेन्ट हो । धेरै पटक बिरामी हुने तथा आफ्नो प्रतिरक्षा प्रणाली सुधार गर्ने आवश्यकता महशुस भए खानामा घ्यु थप्न सकिन्छ ।
आयुर्वेदिक चिकित्सक र अनुसन्धानकर्ताका अनुसार घ्युले शरीरको प्रतिरक्षा प्रणालीको क्षमता बढाउँन सहयोग गर्छ । स्वास्थ्य लाभहरूबाहेक, घ्युको अर्को लाभ भनेको यसलाई भण्डारण गर्न सजिलो छ र यो सजिलै बिग्रने हुँदैन ।
खाना पकाउँदै गर्दा हात पोलेमा छिटो निको पार्नका लागि पोलेको ठाउँमा थोरै घ्यु लगाउन सकिन्छ । गुलियो मिठाईमा राखिएको घ्युको सेवनबाट भने बच्नुपर्ने हुन्छ ।
प्रकाशित मितिः २०७७ मंसिर ०२ मंगलबार
Comments