भक्तपुर । सिर्जनसिल युवा समाज सिपाडोलको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डोलेश्वर भिलेज रिसोर्टको प्राङ्गणमा संचालित रक्तदान कार्यक्रममा १ महिला सहित कूल ४३ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेको रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।
कोरोना भाइरस कोभिड–१९ का कारण हुन गइरहेको रगत अभावलाई केही मात्रामा भए पनि परिपूर्ती गर्न रक्तदान आयोजना गरिएको समाजका कोषाध्यक्ष मनोज के।सी।ले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार
Comments