काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसका संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने अहिलेसम्म हात लाग्न सकेको छैन ।
यसैबीच कोरोना भाइरस अन्यको तुलनामा बच्चालाई किन कम हुन्छ ? भन्ने बारेमा वैज्ञानिकले पत्ता लगाएका छन् । धेरैको रहस्यको विषय बनेको यो कुरको रहस्य भने हालै मात्र पत्ता लागेको छ ।
न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्टमा बालकमा इम्यून सिस्टमको एक यस्तो भाग हुन्छ, जसमा किटाणुहरु मार्न सक्ने क्षमता धेरै हुने गर्छ । बच्चालाई कोरोनाबाट बचाउनको लागि इम्यून सिस्टमले काम गर्दछ ।
मसाइन्स ट्रान्सलेशन मेडिसीन जर्नलमा प्रकाशित एक स्टडीका अनुसार जबसम्म कोरोना भाइरस बच्चाको शरीरमा नोक्शान पुर्याउन थाल्ने बेला हुन्छ तब सम्म इम्यून सिस्टमको यो विशेष भागले त्यसलाई मारिसकेको हुन्छ ।
संक्रामक रोग विशेषज्ञ र स्टडीका प्रमुख लेखिका डा। बेत्सी हीरोल्ड भन्छिन्, बच्चाहरुमा इम्यून सिस्टमले नै कोरोना लाग्नबाट बचाउँछ । जब अपरिचित किटाणु बच्चाको शरीरको सम्पर्कमा आउँछन् ।
तब बच्चाहरुको इम्युन सिस्टमले त्यसलाई सम्पर्कमा आउनु पहिला नै आफ्नो प्रभाव बनाउन थाल्छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ११ आइतबार
Comments