काठमाडौं । मोटो मानिसहरूलाई कोरोना भाइरस (कोभिड १९ ) को जोखिम हुनसक्ने विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ । नेसनल हेल्थ सर्भिसको अध्ययनले कोभिड १९ बाट मोटोपना भएका मानिसको मृत्युको जोखिम अरूभन्दा दोब्बर हुने देखाएको छ ।
मोटो मानिसको शरीरमा बढी वजन हुने कारण शरीरमा धेरै बोसो रहन्छ र शरीर चुस्त रहँदैन । त्यसले फोक्सोको क्षमतामा असर गर्छ । रगत र शरीरभरी अक्सिजनको प्रवाह कम हुन्छ जसले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ ।
युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक नवीद सत्तारका अनुसार धेरै वजन भएका व्यक्तिलाई अक्सिजन पनि धेरै चाहिन्छ जसकारण शरीरको प्रणालीमा निकै धेरै दबाव पर्छ । कोरोना भाइरस सङ्क्रमणका बेला यो थप गम्भीर बन्नसक्छ ।
युनिभर्सिटी अफ रेडिङका डा. ड्यान सेल्लायाका अनुसार मुख्य अङ्गहरूमा अक्सिजनको कमिले मोटो शरीरलाई गार्हो पार्ने हुदा मोटो मानिसहरूलाई आइसीयुमा रहँदा श्वास फेर्ने र मृगौला चलाउने सहयोग चाहिन्छ ।
वैज्ञानिकहरूले शरीरको कोषमा रहने एसीई-२ भनिने एन्जाइम शरीरमा भाइरस पस्ने मुख्य बाटो हो जुन मोटोपना भएका मानिसको छालाको सतहको तल र अन्य अङ्गहरूको आसपासमा रहने बोसोको तन्तुमा धेरै मात्रामा हुन्छ ।
साथै, मोटोपनको समस्या भएका मानिसको प्रतिरोधात्मक क्षमता पनि त्यति राम्रो हुँदैन । जसले साइटोकाइन स्ट्रोमुको अवस्था सृजना गर्छ ।
मोटोपनाका कारण कमजोर मुटु, फोक्सो र मृगौला एवम् टाइप २ प्रकार मधुमेह पनि हुन्छ । अनुसन्धानका अनुसार मोटोपनका कारण मधुमेह र मुटुरोग भएका मानिसहरूलाई समावेश गरे उक्त जोखिम झन बढी हुने देखिन्छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments