काठमाडौं । यदि तपाईंले धेरै तरिकाले वजन घटाउन कोशिस गर्दै हुनुहुन्छ र सफल हुनु भएको छैन भने निश्चित रूपमा यी चीजहरूको बारेमा जान्नुहोस्, जसले गर्मीमा शरीरको तौललाई सजिलै कम गर्न सक्छ । जाडोको तुलनामा गर्मीमा तौल घटाउन सजिलो हुन्छ । जानौँ गर्मीमा सजिलै तौल घटाउने केही उपायहरूः
दहीको सेवनः गर्मीको समयमा दही प्रयोग गर्नाले शरीरमा धेरै फाइदा हुन्छ । यसले शरीरलाई पोषण दिनुका साथै शरीरको ताप बढाउनबाट बचाएर शितलता प्रदान गर्छ । साथै नियमित दहीको सेवनले शरीरको तौल पनि कम गर्न सक्छ । यसबाहेक, दहीको सेवनले पेटलाई लामो समयसम्म भरिपूर्ण राख्ने हुँदा भोक लाग्दैन र अधिक खानबाट पनि टाढा रहन सकिन्छ ।
लौकारघिरौलाको तरकारीः गर्मीमा लौका, घिरौला जस्ता तरकारीहरूको सेवन पेटका लागि हल्का र लाभदायक हुन्छन् । यसको सेवनले तौल घटाउनुका साथै उत्तम पाचन नियन्त्रण गर्न अत्यन्त लाभदायक साबित हुन्छन् ।
कागती पानीः गर्मीको समयमा कागती पानी नपिउने सायद कम नै हुन्छन् । गर्मीमा कागती पानीको नियमित सेवनले शरीरलाई ऊर्जा दिनको साथसाथै शरीरमा पानीको मात्रा कायम राख्न र तौल घटाउन पनि लाभदायक साबित हुन्छ ।
व्यायामः जति जे तरिका अपनाए पनि व्यायाम नै तौल घटाउने सजिलो उपाय हो । शरीरको तौल घटाउनका लागि व्यायाम र योगलाई दैनिक निरन्तर गर्नुपर्छ । यसले तौल घटाउनुका साथै मन तथा मस्तिष्कलाई पनि शान्त राख्न मद्दत गर्छ ।
प्रकाशित मितिः २०७७ बैशाख २२ सोमबार
Comments