काठमाडौँ । दैनिक जीवनमा मान्छेले सोचेभन्दा धेरै झुटो बोल्ने गर्छन् । ‘वुड आइ लाइ टु यु’ का लेखक पल सिगर मानिसले झुट बोल्नुपछाडि थुप्रै कारणहरू रहेको बताउँछन् ।
विशेषगरी व्यक्तिगत स्वार्थ, सजायबाट पन्छिन, छल गर्न, पुरस्कार तथा कामको स्याबासी पाउनका लागि मानिसहरूले झुट बोलिरहेका हुन्छन् ।
हरेक समय साँचो बोल्दा समाजमा धेरै समय टिक्न नसक्ने कारणले कसैको भावनालाई चोट नपुग्ने हानिरहित झुट वास्तवमा मानव जीवनलाई सहज बनाउने माध्यम बनिसकेको छ ।
त्यसैले पनि मानिसहरू कुनैपनि सम्भावित हानिबाट बच्न र प्रतिफल पाउनका लागि पनि अत्याधिक झुट बोलिरहेका हुन्छन् ।
युनिभर्सिटी अफ मेसेचुसेट्सका अनुसन्धानकर्ता रोबर्ट फेल्डम्यानले गरेको एक सर्वेक्षणका अनुसार त्यहाँ सहभागी मानिसहरूले पहिलोपटक भेट गर्दा प्रत्येक १० मिनेटको कुराकानीमा तीनपटक सम्म झुट बोलेको पाइएको छ ।
हामीले धेरै झुट बोलिरहेका हुन्छौँ भन्ने कुरा हामी आफैँलाई त्यसको गन्ति र गति थाहा नहुने कारणले ती सहभागीहरूलाई उनीहरूले गरेको कुराको भिडियो नहेरेसम्म आफूले त्यति धेरै झुट बोलेको आफैँ थाहा पाएका थिएनन् ।
आफूले आफूलाई इमान्दार, सच्चा र विश्वसनीय मान्छे सोच्ने कारणले पनि हामीले आफू कतिपटकसम्म झुट बोलिरहेका हुन्छौँ भन्ने थाहा पाउन सक्दैनौँ ।
आफ्नो बारेमा आफूलाई राम्रो महसुस गराउन लागि नै मान्छेले धेरै झुट बोलिरहेका हुन्छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाकी जर्ज लेकफका अनुसार पहिलोपटक चिनजान गर्ने क्रममा नयाँ मानिससँग बोल्दा हुने कुराकानीमा आधाभन्दा धेरै सत्य नहुने गरेको पत्ता लागेको हो । साथै, विवाहपछि आफ्नो पार्टनरसँग गर्ने १० मध्ये एउटा कुरा झुट हुने गरेको हुन्छ ।
प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार
Comments