काठमाडौँ। सलाद धेरै पोषक तत्वहरूले भरिएको हुन्छ । हरियो सलादमा अर्थात् ग्रीन सलादमा भरपुररुपमा क्याल्सियम, पोटासियम, आइरन, र भिटामिन बी हुन्छन् । सामान्यतया सलादमा टमाटर, भिडे खुर्सानी र सागहरू समावेश हुने गर्दछन्, जसमा प्रशस्तरुपमा एन्टिअक्सीडन्टको मात्रा पाइने गर्दछ। दैनिकरुपमा खानामा सलाद खाँदा यसले फाइबरको मात्र थप्न मद्दत गर्दछ । क्यालोरीको मात्रा कम भएकाले सालदले अनावश्यक वजन पनि कम गर्न मद्दत गर्दछ। त्यसैले दैनिक आहारमा सलाद खाँदा स्वास्थलाई सकारात्मक फाइदा पुग्ने गर्दछ।
१. शरीरलाई फाइबरको मात्रा पुग्ने : मानव शरीरलाई ऊर्जावान राख्न र दैनिककार्य गर्नका लागि प्रशस्तरुपमा फाइबरको आवश्यकता पर्दछ। दैनिकरुपमा सलादको सेवनले फाइबरको पूर्ति गर्दछ र यस्ता फाइबर उक्त खानाले मानिसको कोलेस्ट्रोल पनि कम हुने गर्दछ। यदि खाना खानु अघि उच्च फाइबर सलादको सेवन ग¥यो भने पछि उच्च क्यालोरियुक्त खाद्य पदार्थहरू कम खाइने गरिन्छ, जसका कारण अनावश्यक वजन बढ्ने हुँदैन ।
२. मांसपेसीहरु मजबुत हुने : ग्रिन सलाद मुख्यगरि पालुङ्गो तथा अन्य सागहरुमा नाइट्रेट प्रशस्तरुपमा पाइन्छ, जसले मांसपेसीहरुमा प्रोटिनको उत्पादन बढाउन मद्दत गर्दछ र मांसपेशिहरुलाई मजबूत बनाउने गर्दछ ।
३. प्रोटिनको उच्चतम स्रोत : प्रोटिनको नियमित आपूर्ति शरीरको लागि निकै आवश्यक पर्दछ। शरीरले प्रोटिन भण्डारण नगर्नुको कारण यो मानव शरीरलाई खानेकुराबाट मात्र प्राप्त हुन्छ । ग्रिन सलादमा प्रोटिन को एक उच्चतम स्रोत हो।
४. क्यालोरी घटाउन मद्दत गर्दछ : हाम्रो शरीरमा क्यालोरी वृद्धि हुनुको मुख्य कारणहरू हुन्, चिनीले भरिएका खाना र तारेको वा चिल्लो खाना । तर, सलाद यस्तो खाना हो, जसमा न्युनतम क्यालोरी हुन्छ जसको कारण वजन घटाउन सजिलो हुन्छ।
५. आँखाका लागी फाइदाजनक : सलादले मानिसको आँखालाई निकै फाइदा गर्दछ। विभिन्न फल तथा हरियो शब्जीबाट मिश्रित सलादमा भिटामिन ए, कारेटोनोइड्स, लुटेइन, जियाक्सानथिन जस्ता पोषक तत्वहरु पाइन्छ, जसले आँखालाई धेरै फाइदा पुर्याउदछ।
६. सलादले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँदछ : सलाद शरीरको प्रतिरक्षा प्रणाली बढाउन र यसलाई विभिन्न रोगहरूबाट सुरक्षित राख्न मद्दत गर्दछ । सलादमा पाइने एन्टीअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँदछ।
७. राम्रो निद्राका लागी मद्दत गर्दछ : अध्ययनकाअनुसार नियमित रूपमा सलाद सेवनले अनिद्राको उपचार गर्न सहयोग पुर्याउँदछ।
८. पाचन प्रणालीका लागि फाइदाजनक : नियमितरुपमा सलादको सेवनले पाचन प्रणालीको सुधार गर्दछ। यसले बिना कारण पेट फुल्ने समस्या र पेटलाई सफा राख्नपनि मद्दत गर्दछ।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments