काठमाडौ । दूध र महको मिश्रण गरेर पिउँदा स्वास्थ्यमा अनगिन्ति फाइदाहरू हुन सक्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवकाको सुझावअनुसार, दूध र मह दुवै आफू–आफूमै स्वस्थकर हुन् तर, अलग–अलग स्वस्थ्यकर भए पनि यी दुईको मिश्रणले मानव शरीरलाई झनै बढी फाइदा गर्न सक्छ ।
दूध र महमा भएको क्याल्सियम, आइरन, प्रोटीन र भिटामिन जस्ता पोषक तत्त्वले हाड, छाला, कपाललाई बलियो र स्वास्थ्य राख्न मद्दत गरी प्रोटिन र कार्बोहाइड्रेट्सको राम्रो सम्मिश्रण हुँदा तागत र स्टेमिना बढाउने गर्छ । यी दुवैमा एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल तत्त्वहरू पाइने हुँदा दिनदिनै नियमित रूपमा दूध र महलाई पिउने गर्दा बुढ्यौलीको लक्षणहरू ढिलो आउने गर्छन् ।
दूध र महको मिश्रणले पाचनप्रणालीलाई सफा बनाएर ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ । यो मिश्रणको नियमित सेवनले शरीरमा पोषक तत्त्व पनि मजाले सोसेर शरीरबाट विषाक्त पदार्थ निकाली रगतलाई शुद्ध बनाएर विभिन्न रोगबाट बचाउनुका साथै छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।
राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्छ । ट्रिप्टोफ्यान नामक तत्त्वले गर्दा शरीरलाई आराम महशूस हुने भएको कारणले राम्रो निद्रा आउने गर्छ । मिश्रणमा भएको पोषक तत्त्वले दैनिक कारणले भएको तनाव तथा डिप्रेसनलाई हटाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाएर दिमागलाई स्वस्थ राख्छ । मनतातो दूध र महले फोक्सो र श्वासनलीलाई स्वस्थ राख्ने हुँदा रुघाखोकी र सासको समस्यासमेत हुन दिँदैन ।
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments